मङ्लबार, बैशाख १८, २०८१

५ हजारको मतान्तरमा बारा–२ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित

बारा बैशाख १३,
गत आइतवार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गतको उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पछि पार्दै यादव निर्वाचित भएको हो ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत र पाएका छन् नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएर तेस्रो भएका प्राप्त गरेको जनाएको छ । त्यस्तै चितवन र तनहुँमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी हुँदै गर्दा बारा–२ मा भने रास्वपाका उम्मेदवार रमेश खरेल भने दुई हजार ८ सय २९ मत मात्र पाएका छन् ।

गत मैसिर ४ मा सम्पन्न आम निर्वाचनमा सप्तरी– २ मा सिके राउतसँग पराजित सत्ता गठबन्धनका उम्मेदवार यादव उपनिर्वाचनमार्फत बारा–२ विजयी भएका हुन् । बारा–२ मा ६९ हजार १ सय ७ मत खसेको थियो ।