बिहिबार, बैशाख २७, २०८१

मन्त्रिपरिषद बैठक: सशस्त्र प्रहरी बलको मौजुदा नियमावली संशोधन गर्ने निर्णय

काठमाडौं बैशाख १२,
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलको मौजुदा नियमावली संशोधन गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले काठमाडौं(तराईरमधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय समेत गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

साथै उहाँले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णयसंगै जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको बताउनुभयो ।