बुधबार, बैशाख २६, २०८१

सरकारलाइ दिदै आएको समर्थनका विषयमा पुनर्विचार गछौं :रास्वपा अध्यक्ष लामिछाने

प्रम प्रचण्डले संसद बैठकबाट तेस्रो पटक विस्वासको मत लिनुपर्ने संभावना बढ्यो

काठमाडौं बैशाख १२,
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट ४२ हजार ९६२ को निकै फाराकिलो मतान्तरमा निर्वाचित भएसंगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा कायमै राख्ने भन्ने विषयमा पुनर्विचार गर्ने बताएका हुन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लामिछाने सोच्ने भरतपुरमा पत्रकारसँगको कुराकानी गर्दै उनले वर्तमान सरकारलाई दिएको समर्थन समर्थफिर्ता गर्ने प्रवल संभावना रहेको संकेत गरेको छन । पछिल्लो समय गृह मन्त्रालय नदिएपछि रास्वपा सरकारबाट बाहिरिए पनि सरकालाइ दिदै आएको समर्थन भने कायमै राखेको थियो ।

त्यस्तै कुराकानीकै क्रममा लामिछानेले हामी सरकारमा जाने अवस्था छैन, सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीबाट नितिगत निर्णय गर्ने योजना रहेको समेत बताए ।  दि यसवीचमा रास्वपाले सरकारलाइ दिदै आएको समर्थन फिर्ता गरे प्रम प्रचण्डले पुन संसद  बैठकबाट तेस्रो पटक विस्वासको मत लिनुपर्ने हुन्छ ।