बिहिबार, बैशाख २७, २०८१

चितवन क्षेत्र नम्बर–२ बाट ४२ हजार ९६२ को निकै फाराकिलो मतान्तरमा लामिछाने निर्वाचित

बारा–२ मा  यादवको अग्रता  कायमै

काठमाडौं बैशाख १२,
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी भएका छन् ।

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार भएको मतदानमा खसेको कुल ७८ हजार २७७ मत मध्ये लामिछाने ५४ हजार १७६ मत प्राप्त गरेको जानकारीदिनुभयो ।

त्यस्तै दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत र नेकपा एमालेका उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतप्राप्त गर्दै तेस्रो स्थानमा प्राप्त गरेका छन ।

यसैवीच बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायम कायमै रहेको छ ।   यादवले १४ हजार १८० प्राप्त गर्दैगर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहले ९ हजार ७९३ मत पाएका छन् भने एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा रहेका रहेका छन ।