बिहिबार, बैशाख २७, २०८१

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी

काठमाडौं बैशाख १२ ,
प्रतिनिधिसभा सदस्यका लागि आइतवार भएको उपनिर्वाचन मार्फत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।

निर्वचित उम्मेदवार वाग्ले ३४ हजार ९१९ मतसहित विजयी हुँदै गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ रहेको छ । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको द्ध ।

मंसिर ४ गते भएको निर्वाचनमा विजयी तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो । त्यो समयमा कांग्रेसका पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए ।

यसैवीच नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कोमल प्रसाद आचार्यले बिहान एक कार्यक्रमबिच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने तयारी भइरहेको हाम्रा सहकर्मीले जनाएको छ।

स्मरण रहोस निर्वाचनमा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो भने एक हजार १८१ मत बदर भएको थियो ।