बिहिबार, बैशाख २७, २०८१

चितवन-२ मा लामिछाने र बारा क्षेत्र नम्बर-२ मा यादवको बढ्यो  थप अग्रता

काठमाडौं बैशाख १२ ,

प्रतिनिधिसभा सदस्यका लागि आइतवार भएको उपनिर्वाचन अन्र्तगत चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ३५ हजार १४९ मतान्तरले अगाडि रहेका छन ।

निर्वाचनमा ७८ हजार २७७ मत खसेकोमा नेपाली काङ्ग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याउँदा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत प्राप्त गरेको  छ । त्यस्तै यस निर्वाचन क्षेत्रमा अव गणना हुन बाँकी मत १७ हजार ६०४ रहेको बुझिएको छ ।

त्यस्तै बारा क्षेत्र नम्बर २ मा भने सत्तागठबन्धनका उम्मेदवार एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढ्दो रहेको छ ।  सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार यादवले १० हजार ४७८ मत प्राप् गर्दै गर्दा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले सात हजार ४० मत सहित यादवलाइ पछ्याइरहेको छ ।