बुधबार, बैशाख २६, २०८१

१०६ नयाँ संक्रमितको पहिचानसंगै कोभिड संक्रमणबाट थप एकको मृत्यु

काठमाडौं वैशाख ८,
स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण थप एकको मृत्यु भएसंगै कोभिडबाट ज्यान गुमाउनेको संख्या १२ हजार २६ पुगेको जनाएको छ ।

त्यस्तै ५८१ जनाको पीसीआर परीक्षणबाट ६४ तथा १ हजार ३०२ जनाको एन्टिजेन परीक्षणबाट ४२ संक्रमित गरि थप नयाँ १०६ संक्रमित थपिएको जनाउँदै मन्त्रालयले हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट बढेर ४१४ पुगेको जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकाका २५ जना संस्थागत आइसोलेसनमा, ७ जना आईसीयूमा तथा ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी सहित मन्त्रालयले यसवीचमा ४६ जना संक्रमित संक्रमणमुक्त भएको जनाएको छ ।