बिहिबार, बैशाख २७, २०८१

नापी कार्यालय चाबहिलका प्रमुख नापी अधिकृत महर्जनसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं वैशाख ८,
अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध आज विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्‍दै नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित ८ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

नापी कार्यालय चावहिलका तत्कालीन प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले मूलपानी १ख कि।नं। ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको अख्तियारले जनाएके छ ।

त्यस्तै अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन कार्यमा मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्‍तम कुँवर तथा झापाको कमल गाउँपालिका(२ का योगेन्द्र आचार्य , काठमाडौँ कागेश्वरी मनोहरा(९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका (९ का नविन दाहालको पनि संलग्नता रहेको अख्तियारले जनाएके छ ।