बुधबार, बैशाख २६, २०८१

पब्लिक युथका नवनिर्वाचित स्ववियु पदाधिकारीहरुको सपथ

काठमाडौं वैशाख ८,
राजधानीस्थित पब्लिक युथ क्याम्पसमा गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमार्फत स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ नेविसंघका नविन पाण्डे लगायत निर्वाचित विधार्थी नेताहरुलाइ आज एक कार्यक्रमकावीच सपथ सहित प्रमाण पत्र वितरण गरिएको छ । प्रस्तुत निर्वाचनका लागि क्याम्पस प्रमुख संरक्षक रहने गरी गठित निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारीहरुलाइ प्रमाणपत्र वितरण् गर्नुभएको हो ।

 त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गत चैत ५ गते सम्पन्न निर्वाचनमार्फत अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गरिएको थियो।

लामो समय पछि भएको स्ववियु निर्वाचनले विधार्थीवृतमा नयाँ उमंग श्रृजना  भएको स्ववियु सदस्यमा नेविसंघको तर्फबाट निर्वाचित प्रथम नेपालले सम्पूर्ण विधार्थी मतदाताहरुलाइ धन्यावाद ज्ञापन गर्दै अवका दिनमा विद्यार्थी र सिङ्गो क्याम्पसको स्तरोन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रमाणपत्र ग्रहण पछि हामीसंगको भेटमा बताए ।

यस्तो छ पब्लिक युथ क्याम्पको स्ववियुमा प्रत्यक्ष तर्फबाट निर्वाचित पदाधिकारीको सूची: