बिहिबार, बैशाख २७, २०८१

तीन दिनभित्र सिंहदरबारभित्रको फोहोर उठाइसक्न महानगरलाई सर्वोच्चको आदेश

काठमाडौं वैशाख ८,
सर्वोच्च अदालतका न्यायाधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले आज काठमाडौं महानगर काठमाडौ महानगरपालिकालाई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको सरकारी आवास क्षेत्रको फोहोर तीन दिनभित्र उठाइसक्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गर्नुभएको रिट निवेदनको आज सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सर्वोच्चले दिएको आदेशमा संवैधानिक र कानुनी व्यवस्थाअनुसार फोहोर सङ्कलन गरी विसर्जन गर्नुपर्ने दायित्व स्थानीय तहलाई सुम्पेको देखिँदा स्थानीय तहको हैसियतमा सो दायित्व काठमाडौ महानगरपालिकाको भएको जनाउ सहित रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोर आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कलन गरी उठाइ अबिलम्ब विसर्जनसमेत गर्नु गराउनु भनिएको छ।

पछिल्लो समय काठमाडौँ महानगर र सिंहदरवारवीच बढ्दो दुरीका कारण सिंहदरवार, राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको सरकारी आवास परिसरको फोहोर नउठ्दा फोहरको डंगुर थुप्रिदै आएको छ ।

तीन दिनभित्र सिंहदरबारभित्रको फोहोर उठाइसक्न महानगरलाई सर्वोच्चको आदेश