बिहिबार, बैशाख २७, २०८१

काठमाडौं उपत्यका प्रहरीलाइ सीसीटिभी जडान गर्न महानगरले दियो ६ करोड

काठमाडौं वैशाख ८,
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, संचालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी- पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र काठमाडौं महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले महानगर प्रमुख बालेन्द्र साहको उपस्थितीमा उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा महानगर प्रमुख साहको उपस्थितीमासो अवसरमा काठमाडौं नेपाल प्रहरीसँग आगामी दिनमा समेत सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । त्यस्तै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्दै जाने बताउनुभयो ।

त्यसैगरि महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सम्झौताको महत्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी सहित शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई ६ करोड रूपैयाँ उपलब्ध गराउने सम्झौता-पत्रमा उल्लेख गरिएको बताउनुभयो ।