सोमवार, बैशाख २४, २०८१

बारामा आज पाँचदलीय गठबन्धनको चुनावी सभा

काठमाडौं बैशाख ७,
बैशाख १० गते सम्पन्न हुने उपनिर्वाचन लक्षित हुँदै बारामा आज पाँचदलीय गठबन्धनको चुनावी सभा हुने भएको छ ।

बारा–२ अन्तर्गत महागढीमाईस्थित बरियारपुरमा हुने चुनावी सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएकोछ ।

गठबन्धनदलका तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव यस क्षेत्रमा उमेदवार रहेका छन । बुधवार तनहुँ क्षेत्र नं १ मा सत्ता गठबन्धनदलका साझा उम्मेदवार गोविन्द भट्टराईको विशाल चुनावी सभालाइ शिर्ष नेतृत्वले सम्बोधन गर्नुभएको थियो ।