सोमवार, बैशाख २४, २०८१

आज मध्यरात्रीबाट उपनिर्वाचन लक्षित मौन अवधि सुरु

काठमाडौं बैशाख ७,
बैशाख १० गते सम्पन्न हुने उपनिर्वाचन लक्षित मौन अवधि आज मध्यरात्रीबाट सुरु हुने भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न नपाइने व्यवस्था अनुसार आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिनुभयो।  साथै उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेअघिसम्म मात्रै गर्न पाइने उहाँले बताउनुभयो

आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।