सोमवार, बैशाख २४, २०८१

बिहीबार त्रिभुवन विमानस्थलबाट ७ घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द हुने

काठमाडौं बैशाख ७,
विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्नका लागि अनलाइन यूपीएस जडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति १ बजेदेखि बिहान ७ बजेसम्म कुनैपनि उडान र अवतरण नहुने भएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जारी गनुृभएको विज्ञप्तिमा  विमानस्थलमा अनलाइन यूपीएस जडानका क्रममा विद्युत् अवरुद्ध हुने भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान रोकिएको उल्लेख गरिएको छ।