शनिबार, बैशाख १५, २०८१

उपप्रधानमन्त्री खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी

 काठमाडौ बैशाख ५,
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभारसमेत दिइएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा कानुन मन्त्रालयको कार्यभार राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री खड्कालाई तोक्नुभएको हो।

 राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा मंगलबारदेखि उपप्रधान तथा रक्षामन्त्री खड्काले कानुन मन्त्रालयकोसमेत कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको उल्लेख गरिएको छ ।