सोमवार, बैशाख १७, २०८१

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

काठमाडौं बैशाख २,
शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । सय वर्षीया उनको आज बिहान ५ः५६ बजे   किस्ट अस्पतालमा निधन भएको किस्ट अस्पतालले जारी विज्ञप्ति उल्लेख गरिएकोछ । 

सत्यमोहनको छ महिनाअघिमात्र निधन भएको थियो । उनीहरुको ८४ वर्षभन्दा लामो समयसम्म अविछिन्न सहयात्रा रहेको थियो । जोशी जोडीले २०७७ साल माघ ३० गते नइ प्रकाशनको आयोजनामा भएको ‘शरीर दान घोषणा सभा’ मा चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गरेका थिए ।