सोमवार, बैशाख २४, २०८१

मन्त्रिपरिषद् बैठक: लिम्बूलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं चैत २४,
सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणासंगै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

 त्यस्तै बैठकमा सत्ता गठबन्धनको तर्फबाट विहिवार सार्वजनिक न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन, लगायतका मन्त्रालयगत नियमित एजेण्डामाथि समेत छलफल सहित नितिगत निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रि रेखा शर्माले जानकारीदिनुभयो ।

 त्यस्तै प्रवक्ता शर्माले नामाकरण सम्बन्धी भइरहेको आन्दोलन र विरोधको प्रसंगमा केन्द्रीय सरकारको सहजीकरणमा प्रदेशसँग वार्ता गरी अघि बढ्ने निर्णय संगै थप अन्य केहि विषमा विषयमा छलफल भएको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सहित रक्षामन्त्री पूर्णबहादुर खड्का गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा। बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि अशोककुमार राई लगायतका मन्त्रीको सहभागीता रहेको थियो ।