सोमवार, बैशाख २४, २०८१

दिगो विकासको लक्ष्य प्राप्तिका लागि सरोकारवालावीचको सहकार्य :आवश्यक प्रम प्रचण्ड

काठमाडौं चैत २४,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी , नागरिक समाजसंगै सरोकारवालासंगको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

 सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित बैठकमा प्रम प्रचण्ढले दिगो विकास लक्ष्यको प्राप्तिको लक्ष्य प्राप्तिको लागि सरकार एक्लैको प्रयासमात्र संभव नभएको जनाउ सतित सबैको सहकार्यबाट लक्षित उपलब्धि प्राप्त गर्न सक्ने बताउनुभयो ।

साथै उहँँले सम्बोधनको क्रममा दिगो विकासको लक्ष्य प्राप्तिकै लागि तीनै तहका सरकारको महत्वपूर्ण जिम्मेवारीलाइ मनन गर्दै संविधानत व्यवस्था सहित प्रदेश र स्थानीय तहमा अधिकारको प्रतयायोजन गरेको बताउनुभयो ।  त्यस्तै उहाँले सरकारको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा समेत दिगो विकास लक्ष्य सहित सहकार्य गर्ने प्रतिवद्धता सहित सहकार्यको अवधारणालाइ थप मुखरित गरिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।मीनबहादुर श्रेष्ठ,जिल्ला समन्वय समिति महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य, नेपाल सरकारका मुख्यसचिव, प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्री लगायतले दिगो विकासका विश्वव्यापी मान्यता प्राप्तिका पक्षमा आआफ्नो अभिमत प्रस्तुत गर्नुभएको थियो ।