सोमवार, बैशाख २४, २०८१

सेनाको सर्भर ह्याक गरेको अभियोगमा स्याङ्जाका ढकाल प्रहरीको नियन्त्रणमा

 काठमाडौं चैत २४,
नेपाल प्रहरीको साइबर ब्यूरोटोले सेनाको सर्भर ह्याक गरेको अभियोगमा स्याङ्जाको वालिङ नगरपालिका वडा नं।१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं। १६, बाटुलेचौर बस्ने २१ वर्षका सागर ढकाललाई पक्राउ गरेको छ।

पक्रउ परेको ढकालले डेरामा बसेको घरधनीको इन्टरनेट प्रयोग गरी नेपाली सेनाको साइबर स्पेसमा आक्रमण भएसंगै अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्यूरोलाई पत्राचार गरेसंगै पक्राउ परेका ढकालले प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा उक्त कार्यमा गर्ने गरेको पुष्टि भएपछि उनलाई ब्यूरोबाट खटिएको टोलीले बाटुलेचौरबाट बिहीबार नियन्त्रणमा लिएको हो।

त्यस्ते पक्राउ परेका ढकालविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।