सोमवार, बैशाख २४, २०८१

वैद्य र बास्तोला नेतृत्वको कम्युनिष्ट पार्टीवीच एकता, बाँकी कम्युनिष्ट पार्टीलाई पनि एकतामा आउन आव्हान  

काठमाडौं चैत २४,
मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी [क्रान्तिकारी माओवादी[ र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी [बहुमत] बीच आज पार्टी एकता भएको छ।

शुक्रबार पार्टी एकताको घोषणा सभामा बोल्दै वैद्यले छरिएर रहेका कम्युनिष्ट पार्टीहरू एकता प्रक्रियामा आउनुको विकल्प नभएको निष्कर्ष सहित पार्टी एकताको मार्गलाइ अगाडी डाएको बताएका छन् । ‘

त्यस्ते नेकपा बहुमतका नेता बास्तोलाले आफुहरुले कम्युनिष्ट आन्दोलनलाइ मजवुत बनाउँन पार्टी एकता गरेको प्रसंग सहित बाँकी अन्य कम्युनिष्ट पार्टीहरूलाई पनि एकतामा आउन आव्हान गरेका छन्।