सोमवार, बैशाख २४, २०८१

मृतकका आफन्तले प्राप्त गर्ने बिमा बापतको रकम ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं चैत २४,
उपत्यका अपराध अनुसन्धान कार्यालयले रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई बीमा बापत प्राप्त हुने रकम रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाहरुमा सर्लाही लालबन्दी–८ का विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले रहेका छन् ।

त्यस्ते प्रहरीले उनीहरुका साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्ममिति, विवाहदर्ता र मृत्युदर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात समेत बरामद गरेको जनाएको छ ।

स्मरण रहोस, वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले रु, १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा रु १३ लाख बीमाबापतको क्षतिपूर्ति संगै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त रु सात लाख पनि पाउने व्यवस्था रहेको छ ।