सोमवार, बैशाख २४, २०८१

बढ्यो कोभिड संक्रमितको रफ्तारसंगै सक्रिय संक्रमित सख्या ३७३ पुग्यो

काठमाडौं चैत २४,
नेपालमा पछिल्लो समय दिनानुदिन कोभिड संक्रमितको रफ्तार बढ्न थालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ६३५ वटा नमुना परीक्षणको क्रममा ९९ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै मन्त्रालयले कोभिड संक्रमणको जोखम बढेको जनाएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार ले देशभर सक्रिय संक्रमितको संख्या ३७३ रहेको जानकारीसंगै यसवीचमा २६ जना उपचारपछि संक्रमणमुक्त भएको जनाएकोछ । साथै सक्रिय संक्रमितमध्ये चार जना आइसीयु तथा एक जना भेन्टलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।