सोमवार, बैशाख २४, २०८१

मिटरब्याजी पिडितको मागलाई तत्काल सम्बोधन गर्न सरकारले बनायो अर्को वार्ता समिति

काठमाडौं चैत २४,

मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिले शुक्रबार सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।  सरकारले  सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्दै  पिडितको माग सम्बोधनको लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग गठन गरिसकेका छन ।

यद्यपी सङ्घर्ष समितिले केही दिनयता दिनहुँ जस्तो विरोध प्रदर्शनका कार्यक्रमलाइ निरन्तरता दिदै आएसंगै पिडितको तर्फबाट जारी प्रदर्शनलाइ विराम दिनका लागि सरकारले उनीहरुको मागलाई तत्काल सम्बोधन गर्ने गरी समाधान खोज्न वार्ता समिति समेत गठन गरेको छ । यसअघि पनि पीडितसँग वार्ताका लागि   गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन   गरेको थियो ।

तथापी सरकारले गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी ,कानुन मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली र गृह मन्त्रालयका उपसचिव दीलकुमार तामाङ सदस्य सचिव रहने गरि पाँच सदस्यीय वार्ता समिति समेत गठन गरेको हो ।  गठित वार्ता समितिलाइ पिडितको माग सम्बोधनका लागि तत्काल आवश्यक पहल थाल्न कार्यादेश दिइएको छ ।