सोमवार, बैशाख २४, २०८१

सत्ता गठबन्धनका उम्मेदवारलाइ विजयी गराउन शिर्ष नेतृत्वको आह्वान

काठमाडौं चैत २१,
आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धन आवद्धदलका शिर्ष नेतृत्वले आह्वान गरेका छन् ।

गठबन्धन दलका शीर्ष नेताहरुले आज एक सयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनमा रहेका दलका सम्बन्धित प्रदेश, जिल्ला र उपनिर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाइ निर्वाचित गराउँन आग्रह गरेको हो ।

गठबन्धन दलका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवले सोमवार आआफ्नो उम्मेदवारी मनोनयन गरिसकेका छन ।

 त्यस्तै जारी विज्ञप्तिमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गनुृभएको छ ।