बिहिबार, बैशाख २०, २०८१

मन्त्रिपरिषद् बैठक : मिटरब्याजी समस्याको जाँचबुझका लागि आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं चैत २१,
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सार्वजनिक भएको मन्त्रिपरिषद्को यही चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत भएका ११ बुँदे निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्व प्रहरी नायब महानिरीक्षक उत्तमबाबु सुवेदी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिनुभएकोछ ।

त्यस्तै बैठकले सरकारले शान्तिसुरक्षा सम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय संगै मेलम्ची खानेपानी विकास समिति र मन्त्रिपरिषद्का समिति [राजनैतिक समिति, प्रशासन समिति, विधेयक समिति, सामाजिक समिति र आर्थिक पूर्वाधार समिति] गठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकको निर्णय

 त्यस्ते मन्त्रिपरिषद्ले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण [पहिलो संशोधन] नियमावली, २०७९ स्वीकृत गर्ने निर्णयसंगै नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

]पूर्व–पश्चिम लोकमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृतिसंगै मदन भण्डारी राजमार्ग अन्र्तगत सुर्खेत जिल्लास्थित वोटेचौर भेडियावारी धुलियाविट सडक खण्डको स्तरोउन्नती गर्ने निर्णयसंगै जोगमाई क्यासकेड जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको बताउनुभयो ।   त्यस्तै उहाँले चैत १० र चैत १४ गते बसेको  मन्त्रिपरिषद् बैठकको निर्णय समेत सार्वजनिक गनुृभएको थियो

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31