सोमवार, बैशाख २४, २०८१

नगरप्रमुख थापासहित सातजनाविरुद्ध २ करोड २० लाखको भ्रष्टाचार मद्दा दायर

काठमाडौं चैत २१,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सातजनाविरुद्ध २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको अनुसन्धानको क्रममा खुलेको जनाउँदै आज मुद्दा दायर गरेको हो ।

आयोगले मुद्दा दायर गरेका मध्ये तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापाविरुद्ध ५० लाख विगो माग गरेका छ भने पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी विरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध ५० लाख रुपैयाँ विगो माग गरेका छन ।