सोमवार, बैशाख २४, २०८१

ह्वात्तै बढ्यो नेपालमा कोभिड संक्रमितको सख्या, आजमात्रै ८० जनामा संक्रमण पुष्टि

काठमाडौं चैत २१,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा ८० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । ६६ जनाको पीसीआर गर्दा ६४ जना तथा ६५१ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरि ८० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

 त्यस्ते मन्त्रालयले यसवीचमा १२ जना संक्रमणमुक्त भएको जनाउँनुको अलावा ३० हजार २ सय ३६ जनाले कोभिडविरुद्धको खोप लगाएको जानकारी दिएका छन् । स्मरण रहोस नेपालमा पीसीआर गरेर पुष्टि भएका सक्रिय संक्रमितको संख्या २७९ रहेको छ ।