सोमवार, बैशाख २४, २०८१

राष्ट्रसंघकी आवासीय संयोजक हाम्देको ओहदाको प्रमाणपत्र बुझे प्रधानमन्त्रीले

काठमाडौं चैत २१,
प्रधानमन्त्री ‘प्रचण्ड’ समक्ष नेपालका लागि संयुक्त राष्ट्र सङ्घकी नवनियुक्त आवासीय संयोजक हाना सिङ्गर हाम्देले ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका प्रधानमन्त्री दाहाल समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन् ।