सोमवार, बैशाख २४, २०८१

रवि विरुद्ध दर्ता भएको रिट निवेदनको सुनुवाइ बुधबार

काठमाडौं चैत २१,
सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका [रास्वपा] का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको बुधबार सुनुवाइ हुने भएको छ । रविको राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइको लागि पेशी तोकिएको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा आज पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।  यसअघि न्यायाधीश अनिलकुमार सिन्हाले संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको हो ।

यसैवीच आगामी बैशाख १०मा चितवन २ मा हुने उपनिर्वाचनकालागि उम्मेदवारी दर्ता गराएका रवि विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा अर्को उजुरी दर्ता भएको छ।