सोमवार, बैशाख २४, २०८१

मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

काठमाडौं चैत २१,
पछिल्लो समय संघीय सरकारमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा एमाले बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा मुख्यमन्त्री सरोजकुमार यादवलाइ राजीनामा बुझाएको हो । एमाले सरकारबाट वाहिरिएपनि सरकालाइ दिदै आएको समर्थन भने कायम राखेकोछ ।
समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा तत्काल कुनै निर्णय नभइसकेको समवद्ध स्रोतले जनाएको छ । मधेस प्रदेश सरकारमा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जना सहभागी थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि एमालेका मन्त्रीहरुले राजीनामा बुझाएको बताए । साथै उहाँले अवको चरणमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी , लोकतान्त्रिक समाजवादी पार्टी सहितको सरकार विस्तार हुने बताउनुभयो ।

मधेस प्रदेश सरकारमा एमालेका तर्फबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानून, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जैद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री थिए । साथै केशव राय गृह तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।