सोमवार, बैशाख २४, २०८१

आसन्न उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता, यस्तो छ सूची

 काठमाडौं चैत २०,
निर्वाचन आयोगले आगामी बैशाख १० गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका्े लागि प्रकाशित निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारीको मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएकोछ ।

 आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उम्मेदवारको मनोनयनपत्र दर्ताको क्रममा चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २४ जना, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ९ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता भएको जानकारी दिनुभयो ।

वैशाख १० गते उपनिर्वाचन हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन लक्षित हुँदै स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम सञ्चालन गरिएको थियो ।

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तासूची

त्यस्तै विज्ञप्तिमा उम्मेदवारको मनोनयनपत्र दर्ताको क्रममा चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २४ जना, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ९ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता भएको यसरी मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी जम्मा ६९ जना उम्मेदवारी दर्ता भएको जानकारी समेत सहायक प्रवक्ता अर्यालले दिनुभयो ।