सोमवार, बैशाख २४, २०८१

घट्यो पेट्रोलियम पदार्थको मूल्य , पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ

काठमाडौं चैत २० ,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले भारतीय आयल कर्पोरेसनबाट इन्धनको मूल्य घटेर आएसँगै निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० मूल्य घटाउने निर्णय गरेको हो ।


त्यस्तै मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको ध्भने आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुने भएकोछ ।