सोमवार, बैशाख २४, २०८१

नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ भेटिएको पुष्टि

काठमाडौं चैत्र २०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ भेटिएको पुष्टि भएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको जानकारी दिनुभएकोहो ।

कोभिड–१९ मा हुने अणुवान्सिक परिवर्तनको पहिचान गर्ने उद्येश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा पिसिआर र एन्टीजेन पोजेटिभ नमुनामा परीक्षण गर्दा उक्त भेरियन्ट पुष्टि भएको हो ।

 त्यस्तै मन्त्रालयका अनुसार ओमिक्रोनको  बिए १.१ दुई जनामा, बिए.२ दुई जनामा, बिए २.७६ एक जनामा, बिए.५ दुई जनामा, बिए ५.२ दुई जनामा, एक्बीबी १.१६ १० जनामा, एक्बीबी १.५ तीन जनामा, एक्बीबी २.६ एकजनामा र एक्बीएफ एक जनामा पुष्टि जनाउँदै मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशिल हुन समेत मन्त्रालयले आग्रह गरेको छ ।

साथै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डाको पालन गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन अनुरोध पनि गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै कोभिड–१९ का लक्षण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न आग्रह समेत गरेको छ ।