सोमवार, बैशाख २४, २०८१

राहदानी प्रकरणमा रविविरुद्ध सर्वोच्चमा रिट दर्ता, मंगलबार पेसी

काठमाडौं चैत २० ,
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । उनीमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट दर्ता गराएपनि सर्वोच्च प्रशासनले आजमात्र रिट दर्ता गरेको हो । पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

त्यस्ते दर्ता रिटको प्रारम्भिक सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ । यसअघि नागरिकता विवादमा दोषी पाइएपछि चितवन २ बाट उनको सांसद पद खोसिएको थियो । अहिले फेरि उनीमाथि राहदानीको मुद्दा परेको हो ।