सोमवार, बैशाख २४, २०८१

बुधबार मनकामना मर्मतसम्भारका लागि केबलकार सेवा बन्द हुने

काठमाडौं चैत २० ,

मनकामना केबलकारको टावर मर्मतसम्भार कार्यको लागि चैत २२ गते बुधबार एक दिनको लागि सेवा बन्द हुने भएको छ । केबलकार टावरको मर्मतसम्भार सकिएलगत्तै बिहीबारबाट केबलकार सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ ।

उक्त अवधिभर केबलकार बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।  कम्पनीले मनकामना केबलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति समेत गरेको छ ।