सोमवार, बैशाख २४, २०८१

आसन्न उपनिर्वाचनको उम्मेदवारी मनोनयनका लागि चितवन–२ मा छुट्टाछुट्टै समय

काठमाडौं चैत २०,
निर्वाचन आयोगले आगामी बैशाख १० गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका्े लागि प्रकाशित निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारीको मनोनयन दर्ताको लागि चितवन क्षेत्र नम्बर २ मा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले छुट्टाछुट्टै समय तालिका तोकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]का विहान १० बजे, नेपाली कांग्रेसका लागि दिनको २ बजे, नेकपा एमालेका लागि ३ बजे र राप्रपाका लागि ४ बजे समय तोकिएको हो ।

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जिवलाल पुरीले उम्मेदवारी दर्ता गराउँदैछन ।   त्यस्तै उम्मेदवारी दर्ताको क्रममा प्राप्त जानकारी अनुसार रास्वपाका सभापति लामिछानेले बिहान १० बजे मनोनय दर्ता गर्ने कार्यक्रम रहेको थाहा भएके छ । त्यस्तै नेपाली  कांग्रेसले दिनको १ बजे चौबिसकोठीमा भेला हुँदै मनोनयन दर्ता गराउाने तयारी गरेको बुझिएको   छ ।

त्यस्तैएमालेका उमेदवार न्यौपानेले दिउँसो ३ बजे उमेदवारी दर्ता गर्ने तयारी गेको थाहा भएको छभने राप्रपाका उमेदवारले ४ बजे उमेदवारी दर्ता गर्ने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एकैचोटी सबै दलका उमेदवार पुगेर भीडभाड नहोस् भनेर दललाई छुट्टाछुट्टै समय दिइएको हो ।