सोमवार, बैशाख १७, २०८१

रुघाखोकी लाग्दा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य स्वास्थ्यको आग्रह

काठमाडौं चैत्र १९,
स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य मन्त्रालयले आज एक सूचना जारी गर्दै मौसमी रुघाखोकी लाग्दा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ।

त्यस्तै, घरमा कसैलाई फ्लु लागे वा रुघाखोकी लागे सबैले मास्क लगाउन, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोपौँ, बेलाबेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा मुख नछुन आग्रह गर्दै मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्न भनेको छ ।

त्यस्तै, तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाऔँ, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान सुझाव दिदै मन्त्रालयले यसवीचमा निकै गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श र सम्भव भएसम्म फ्लु विरुद्धको खोप लगाउन सुझाव दिएको छ।

त्यस्ते मन्त्रालयलेले वितेको २४ घण्टामा ७०१ जना कोभिड १९ को संक्रमण परीक्षण गर्दा ३८ जनामा पुष्टि भएको जनाएकेछ । साथै नेपालमा सक्रिय संक्रमितको संख्या १९४ पुगेको जानकारी समेत मन्त्रालउले दिएको छ।