मङ्लबार, बैशाख १८, २०८१

सत्ता साझेदार दलको बैठक: सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत, भोलि फेरि बैठक बस्ने

काठमाडौं चैत १४,
सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबण्डा दिनानुदिन जटिल बन्दै गएको छ । सत्तारुढ गठबन्धनको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठकले संघीय र प्रदेश सरकारको मुख्यमन्त्रीसहित अन्य पदमा समेत प्याकेजमै भागबन्डाको सहमति गर्ने गरी छलफल गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालवीच सोमबार भएको छलफल पछि आज सत्ता गठबन्धन आवद्ध १० दलकै सयुक्त बैठक बोलाएका हो ।

यसैवीच आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका छन ।  बैठकमा प्रस्तुत मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको र भोली छलफल भएपछि मन्त्रिपरिषद विस्तार लगायतका सबै कामकारवाहीले पूर्णता पाउँने जानकारी नेता लेखकले दिनुभयो ।