शुक्रबार, बैशाख ७, २०८१

सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

 काठमाडौं चैत १५,

वर्षा र सहकालका देवताका रुपमा पूजिने सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ । राजधानीको जमलस्थित तीनधारा पाठशालामा आज अपरान्ह मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु हुने गर्दछ ।

यसअघि मछिन्द्रनाथको मूर्तिलाई केलटोलबाट खटमा राखि जमल पुर्याउँने र त्यपछि ३२ हात लामो तथा ९ तल्ले रथमा विराजमान गराई रत्नपार्क, भोटाहिटी, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, हनुमानढोका, मरु, जैसीदेवल, ज्याबहाल हुँदै लगनमा पुगेर पाँचौ दिनमा रथयात्रा समापन गर्ने प्रचलन रहि आएकोछ । सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास रहिआएकोछ छ ।

त्यस्तै रथायात्रको आज पहिलो दिन रथलाई जमलबाट रत्नपार्क, भोटाहिती हुँदै असन ल्याइ विश्राम गराइन्छ र पहिलो दिनको यात्रा समापन गरिन्छ। त्यस्तै भोलि नवमीको दिन रथलाई असनबाट तानेर केलटोल जनबहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका कालभैरव पुगेर रथायात्रा समापन गरिन्छ। तेस्रो दिन दशमीको दिन हनुमानढोकाबाट मरु, चिकंमुगल, जोशिदेगल हुँदै लगन पुर्याइन्छ र विश्राम गराइन्छ। चौथो दिन भने लगनमा रहेको माँ सिमा, जसलाई मछिन्द्रनाथको आमा मानिन्छ, माँ सिमाको ३ पल्ट परिक्रमा गराएसंगै जात्रा समापन गर्दै खटमा राखी पुन खट जात्रा गर्दै जनबहालमा मछिन्द्रनाथ भित्र्याउँने परम्परा रहिआएको छ।

यस्तो छ  यसवर्षको रथयात्राको लागि निर्धारित समय तालिका :  
● २०७९ चैत्र १५ गते साँझ ४:०० बजे मच्छिन्द्र बहाल देखि तिनधारा पाठशाला सम्म खत यात्रा
● चैत्र १५ गते बुधबार साँझ ५ देखि जमल, रत्नपार्क, भोटाहिति हुँदै असन
● चैत्र १६ गते बिहिबार साझ ५: ०० देखि असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका
● चैत्र १७ गते शुक्रबार साँझ ४:०० देखि हनुमानढोका, चिकंमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन
● चैत्र १८ गते शनिबार साँझ ५:३० देखि लगन आमा, रुख परिक्रमा
● चैत्र १९ गते आइतबार साँझ ५:३० देखि लगन,दलाछि, ज्याबहाल द्यः , यूतुननि, कोहिति, भिमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल मछिन्द्रनाथ भित्र्याउँने  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728