शनिबार, बैशाख १५, २०८१

आज मन्त्रालय भागबण्डाको सहमतिका लागि गठबन्धनदलको निर्णायक बैठक बस्ने

काठमाडौं चैत १४,
सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबण्डा दिनानुदिन जटिल बन्दै गएको छ । मन्त्रालय भागबण्डा टुंगो लगाउनकै लागि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनदलको निर्णायक बैठक बस्ने भएको छ ।

 यद्यपी पटकपटक बसेको सत्ता गठबबन्धनको बैठकमा सत्ता गठबन्धनदलवीच मन्त्रालयको भागबण्डामा सहमतिका लागि निष्कर्ष सहितको छलफल हुने भनिएपनि सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार प्रभावित हुँदै आएको छ ।

त्यसोत प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति बन्न सकेको छैन । यसैवीच आज बिहान प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग गरेको छलफलमा समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको थाहा भएको छ ।