बुधबार, बैशाख १२, २०८१

मन्त्रालय भागवण्डामा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तारको प्रसंग प्रभावित, मंगलबार अर्को बैठक बस्ने

काठमाडौं चैत १३,
सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले सोमवार सम्ममा मन्त्रिपरिषद् विस्तार हुने जनाउ दिएपनि सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागवण्डामा दलहरुबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तारको प्रसंग प्रभावित भएको हो।

यसैवीच मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालवीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले मंगलबार अपराह्न ४ बजे मन्त्रिपरिषद् विस्तारलगायत विषयमा विशेष छलफलका लागि गठबन्धन दलको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

सत्ता गठबन्धनका आबद्ध दलहरू सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् । दलहरूलाई दिइनुपर्न मन्त्रालयको भागबण्डा मिल्न नसक्दा सरकार विस्तारमा ढिलाइ भएको हो ।