शुक्रबार, बैशाख १४, २०८१

वैदेशिक रोजगारका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा

 काठमाडौं चैत ८,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुस लिदैगरेको अवस्थामा सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

अनुसन्धानको सिलसिलामा पाण्डेले बैंक खाता सुचारु गरिदिने तथा तारेखलगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।