शुक्रबार, चैत्र १६, २०८०

महानगर प्रमुख वालेन्द्र शक्तिपीठ दर्शनको लागि वडा न.१९ मा

 काठमाडौं चैत ८,

काठमाडौंमा नेवार समुदायले मनाउँने एक ऐतिहासिक पाहाँचह्रे पर्व शक्तिपीठबाट निकालिएका देवीदेवताको खटजात्रा बाजागाजासहित हर्षोल्लासपूर्वक  आज पनि मनाइदैंछ ।    यसक्रममा शक्तिपीठबाट निकालिएका देवीदेवता स्वेतकाली लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमाको खटजात्रा गर्ने गरिन्छ ।

यसैवीच आज कामपा वडा न १९ स्थित कङ्ग अजिमा शक्तिपीठ दर्शनको लागि महानगर प्रमुख वालेन्द्र साह, महानगरका प्रवक्ता नविन मानन्धर वडा न १९ पुग्नु भएको थियो ।महानगर प्रमुख साहलाइ   वडा न १९का अध्यक्ष राजेश श्रेष्ठ लगायतका पदाधिकारी र स्थानीय महिला  समूहले स्वागत सत्कार गर्दै   शक्तिपीठको प्रसादी वितरण गर्नुभएको थियो ।