शनिबार, बैशाख १५, २०८१

पीएनजी विरुद्ध नेपालको शानदार जितसंगै विश्वकप छनोट नजिक

काठमाडौं फागुन २९,
राजधानीमा जारी आईसीसी विश्वकप लिग २ मा त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ९ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गर्दै ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनाएका पीएनजीले नेपाललाइ दिएको ९६ रनको झिनो चुनौतीलाइ नेपालले ७।४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै विजय भएको हो।

आजको जितसंगै नेपाल विश्वकप छनोट हुनकालागि विहिवार नेपाल र यूएईवीच हुने खेलमा जित हातपार्न आवश्यक रहेको छ ।

नेपालले बाँकी एक खेल जितेमा ४० अंकसहित तेस्रो स्थानमा पुग्नेछ । यूएईले भने एक दिवसीय मान्यता जोगाउने सम्भावना कम भएको छ । सातमध्ये शीर्ष तीनमा रहने टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । शीर्ष पाँच टिमको एक दिवसीय वरियता कायम रहने छ । पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाउने छन् ।