बिहिबार, बैशाख १३, २०८१

मुलुकको तेस्रो राष्ट्रपति पौडेलले लिए राष्ट्रपति पदको शपथ

राष्ट्रपति पौडेललाई भारत, चीन र अमेरिकाको बधाइ

काठमाडौं फागुन २९,
नवनिर्वाचित मुलुकको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले आज  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।

फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो । शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेलगत्तै शपथ पत्रमा हस्ताक्षर गर्नुभयो ।

त्यसपछि उहाँलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पौडेललाई बधाई तथा सफलताको शुभकामना दिनुभयो ।

यसैवीच नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारत, चीन र अमेरिकाले बधाइ दिएका छन्। सोमबार साँझ नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा पौडेललाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।

राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उहाँलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो। नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गर्नुभएको छ।