शुक्रबार, बैशाख १४, २०८१

राष्ट्र बैंकले १५ अर्ब चार करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्दै

 काठमाडौं फागुन २१,
नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ ।

आज जारी हुने ट्रेजरी बिल आइतबार दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो ।

यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ । जारी ट्रेजरी बिल २८ दिनको चैत २१ गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुनेछ ।