शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ प्रदेश मुख्यमन्त्री शाहलाइ विश्वासको मत दिन माओवादी र नागरिक उन्मुक्तिको सर्त

 काठमाडौं फागुन २१,
सुदूरपश्चिम प्रदेशका आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मतका लागि अपिल गर्ने भएको छ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हो । अंक गणितको अनुसार प्रदेशमा मुख्यमन्त्रीले विश्वासाको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने हुन्छ ।

तीन दलसँग प्रदेश सभामा ३४ प्रदेश सभा सदस्य रहेको छन् । प्रदेशमा मुख्यमन्त्रीले विश्वासाको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने   छ ।

यसअघि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिएका नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृतत्वको सरकारलाई विश्वासको मत दिनु अघि मन्त्रालयमा भागबन्डा लगाउनु पर्ने भन्दै दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएका कारण लिखित सहमति विना विश्वासको मत दिन नसकिने जनाएका छन ।