शुक्रबार, बैशाख १४, २०८१

सङ्गठन दर्ताको क्रममा देखिएको उत्साहसंगै यसपटक स्ववियु निर्वाचन हुने सुनिश्चित

 काठमाडौ फागुन २०,
आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन [स्ववियु] निर्वाचनका लागि शुक्रबार विद्यार्थी सङ्गठनले उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरेका  छन ।

त्रिवि अन्र्तगत देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुने प्रस्तुत निर्वाचनका लागि सङ्गठन दर्ताको क्रममा एकाध क्याम्पस बाहेक देशभरि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्ना सङ्गठन दर्ता गराएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।

विद्यार्थी सङ्गठनदर्ताको क्रममा देखिएको उत्साहसंगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक हुने सुनिश्चित भएको जनाउँदै  निर्देशनालय समवद्ध अधिकारी उपत्यकामा २१ आङ्गिक क्याम्पसमा सङ्गठन दर्ता हुँदै गर्दा आयुर्वेदिक क्याम्पस र उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा शुक्रवार सङ्गठन दर्ता हुन नसकेको जनाउादै यी क्याम्पसमा फागुन २१ गतेका लागि विद्यार्थी संगठनको दर्ता समय तोकिएको जानकारी दिएका छन ।