मङ्लबार, बैशाख ४, २०८१

आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस किमार्थ पछि हट्दैन: महामन्त्री थापा

 काठमाडौं फागुन १९,
नेपाली कांग्रेसका महामन्त्री प्रतिनिधिसभा सदस्य गगन थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनवीच भएको सहमतिमा रत्तिभर विचलित नहुने बताउनुभएकोछ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन लक्षित हुँदै आज राजधानीमा आयोजित संयुक्त गठबन्धन दलको अभिमुखिकरण कार्यक्रममा वोल्दै महामन्त्री थापाले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट पार्नु भएको हो ।

कार्यक्रममा वोल्दै उहाँले गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो भन्दै आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस किमार्थ पछि नहट्ने बताउनुभयो ।

त्यस्तै महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको र संविधान र व्यवस्थाको रक्षाका लागि उहाँलाइ राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताउदै यसवीचमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देखाएको सदासशयता आफैमा महत्वपूर्ण रहेको जिकिर गर्नुभयो

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल ,एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे,कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ , बागमती प्रदेश संसदीय दलका नेता वहादुर सिंह लामा लगायतले वोल्नु भएको थियो ।