मङ्लबार, बैशाख ११, २०८१

प्रम प्रचण्डले मुलुकलाइ विदेशीहरुको खेल मैदान बनाउन खोजेको ओलीको आरोप

काठमाडौ फागुन २०,
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुस्ताङमा रहेको युरेनियमलाई लक्षित हुँदै भारतले विश्वविद्यालय खोल्नका लागि प्रस्ताव गरेको बुझ्दा बुझ्दै पनि प्रम प्रचण्ड भारत प्रति नतमस्तक भएको आरोप लगाएका हो ।

विश्वविद्यालय बनाउने भारतको वहाना मात्र हो विश्वविद्यालयको नाममा मुस्ताङमा रहेको युरेनियमको खानी भारतको अभिष्ट भएको भन्दै प्रम प्रचण्डले भारतीय प्रस्ताव स्वीकार गरि मुलुकलाइ विदेशीहरुको खेल मैदान बनाउन खोजेको उहाँको भनाइ रहेको छ ।

प्रचण्डको भारतप्रतिको नतमस्तक प्रवृति चीनविरुद्धको गद्दारी संगै मुलुकका लागि अति नै खतरनाक भएको भन्दै अध्यक्ष ओलीले भारतलाई खुशी पार्न भारतबाट आउने तरकारीहरुको जाँच गर्नु नपर्ने आदेश दिदै हाम्रो भान्सामा विषायीयुक्त चिजलाइ निर्वाद प्रवेश दिदै आएको  बताए । साथै पछिल्लो समय मालिकलाइ खुसी बनाउननै कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धन बनेपनि गठबन्धनको कुनै गन्तव्य नभएको जिकिर गर्नुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728